बझाङ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

छविसपाथिभेरा गाउँपालिका१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका यातायातहरु जालेबगरकै पहिरोले रोकिएका छन्।



