कञ्चनपुरमा सवारी दुर्घटनामा परी एक वर्ष ३२ जनाले ज्यान गुमाए

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा गत आर्थिक वर्ष(०८०/०८१) मा ५६ ओटा सवारी दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नेरश बिकले बताए । उनका अनुसार ३२ जनाको मृत्यु हुँदै गर्दा ७४ जना सक्त घाईते र ६ पशुचौपायाको समेत मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ६३ सवारी साधन दुर्घटना हुँदा ४३ जनाले ज्यान गुमाए थिए, भने ५९ घाईते भएको उनले बताए । अघिल्ला वर्षहरु भन्दा कञ्चनपुरमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको छ ।

गत आर्थिक वर्षमा जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ८८ लाख छ सय राजश्व संङ्कलन गरेको छ । यो गत आर्थिक वर्ष २०७९/०८० को राजश्व भन्दा ६२ लाख ६५ हजारले कम हो । आर्थिक वर्ष २०७९/०८० मा जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले एक करोड ५० लाख ६५ हजार रुपैँया राजश्व संकलन गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार