महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका–७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट मृत फेला परेकी छन् । उनी आइतबार आफ्नै घर नजिकै मकैबारीमा रहेको तिमलाको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ ।
शवको हिजै पोष्टमाटम गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।