महेन्द्रनगर । उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले लक्ष्य भन्दा बढि मुद्धा फछ्र्योट गरेको छ । उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्य भन्दा बढि मुद्धा फछ्र्योट गरेको हो ।
गत आर्थिक वर्षबाट सरी आएका मुद्धा सख्या ४ सय ४७ रहेको थिए भने यो वर्ष नयाँ दर्ता भएका ४ सय ३० गरी जम्मा ८ सय ७८ मुद्धादार्ता भएका थिए । जसमध्ये ६ सय ७५ मुद्धा फैसला भएका छन् । जसमा दुई सय १२ मुद्धा फैसला गर्ने बाँकी रहेको छ ।
महेन्द्रनगर ईजलासले आर्थिक वर्ष २०८०÷०८१ को मुद्धा सख्याको विवरण अनुसार दुनियावादी देवानी एक सय २७ मध्य ७१ मुद्धा फैसला भएको र ५६ मुद्धा फैसला हुन बाँकी रहेका छन् । यस्तै सरकारवादी फौजदारी मुद्धा ६ सय २१ रहेकोमा ५ सय ११ मुद्धा फैसला भईसकेको छ भने १ सय १० मुद्धाको फैसला हुन बाँकी रहेको छ ।
दुनिवादी फौजदारी ६६ रहेकोमा ३६ फैसला भई ३० बाँकी रहेका छन् । यस्तै ७३ रिट परेकोमा ५७ मुद्धाको फैसला भई १६ बाँकी रहेका छन । विभिन्न चार प्रकृतिका ८ सय ८७ मुद्धा मध्ये ६ सय ७५ फैसला भईसकेका छन् भने २ सय १२ मुद्धा फछ्र्योट हुन बाँकी रहेका छन् ।
उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले आर्थिक बर्ष २०८०÷०८१ मुद्धा फछ्र्योट लक्ष्य ७३.३२ प्रतिशत राखेकोमा ७६.०९ प्रगती रहेको छ । अर्थात मुद्धा फछ्र्योट लक्ष्य भन्दा ३. ५८ प्रतिशतले प्रगती भएको विवरणमा उल्लेख गरिएको छ ।