सेवाग्राही मात्र होईन जिल्लाकै सिडिओलाई समेत टेर्दैनन् महाकाली तेस्रोका कुशाङ्ग शेर्पा

प्रकाशित:

महेन्द्रनगर । महाकाली सिचाई आयोजना तेस्रो चरणका प्रमुख कुशाङ्ग शेर्पाले सेवाग्राहीहरुको फोन नउठाएको भन्ने जनगुनासो बढ्दै गईरहेको छ ।

गत बर्ष महाकाली सिँचाई आयोजना तेस्रो चरण कञ्चनपुरको प्रमुखको जिम्मेवारी सम्हालेका शेर्पाले सेवाग्राहीहरुको फोन नउठाएको भन्दै जनगुनासो बढ्न थालेको हो ।त्यतीमात्र नभई प्रमुख शेर्पालाई सेवाग्राही भेट्नजादा कार्यालयमा समेत नभेटिने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।

अषार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षाका कारण कञ्चनपुर लगाएत देशका विभिन्न ठाँउमा जनधनको निकै ठुलो क्षती भएको हविगत नै छ । सो क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न ९ मा रहेको महाकाली सिँचाई अन्तर्गतको तेस्रो चरणको नहर भत्कीदा त्याहाका जनताले निकै सास्ती खेप्नु परेको छ ।

सो समस्याको समाधानको लागि महाकाली सिँचाई आयोजना तेस्रो चरण पुगेका ब्रहमदेव ९ का स्थानीय कार्यालय धाउदा नत हाकीम भेटिए नत हाकिमको फोन उठ्यो। फोन नउठेपछी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो पोख्न गएको सेवाग्राही तथा कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरी भनाई रहेको छ ।

प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको अगाडीबाट प्रमुख शेर्पालाई फोनकल बाट समस्या बुभm्न खोज्दा समेत शेर्पाले प्रमखु जिल्ला अधिकारीको फोन समेत नउठाएको बताईन्छ । पत्रकारले जनताको गुनासोलाई मध्यनजर गर्दै फोन किन उठाउनु हुन्न? भन्ने प्रश्नमा, दिनभरी काम नगरी सेवाग्राहीका मात्र फोन उठाएर बसौँ भन्ने प्रतिकृया प्रमुख शेर्पाले दिएका छन्।

प्रमुख शेर्पालाई तपाई सिडिओ भन्दा ठुलो हो भन्दा? ठाडो जबाफमा सिडिओ आफ्नु काममा ठुलो,म आफ्नु काममा ठुलो भन्ने प्रतिकृया दिएका छन् ।प्रमुख जिल्ला अधिकारी नटेर्ने कार्यालय प्रमुखले सर्वसाधारणलाई कसरी टेर्नेसक्छ भन्ने आम जनगुनासो बढ्न थालेसंगै यस्ता कार्यालय प्रमुखबाट जनताले के अपेक्षा राख्ने भन्ने कुरा अर्को तिर रहेको छ ।

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार