खानेपानी संस्थान महेन्द्रनगरको यस्तो बदमासी,होमपाईप भित्र खानेपानीका पाईप

प्रकाशित:

महेन्द्रनगर । नेपाल खानेपानी संस्थान महेन्द्रनगरले खानेपानीका पाईप विस्तार गर्ने क्रममा मनपरी ढंङ्गले पाईप विस्तार गरेको पाईएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर १० को बनगाउँमा स्थानीय सरकारले ढल निकासको लागि विछ्याइएका होमपाईपमा बुझो लाग्ने गरि ६ ईन्चका खानेपानीका पाईप विछ्याइएको पाइएको हो ।

उसो त खानेपानिका पाईप विस्तार गर्दा जमिनको मुनी बाट विस्तार गर्नु पर्ने हुन्छ । तर खानेपानी संस्थान महेन्द्रनगरले भने त्यसो गर्नुको सट्टा ढल निकासका लागि राखिएका होमपाईप भित्र ६ ईन्चका पाईप छिराएर वेठो काट्ने काम गरेको देखिएको छ ।

नेपाल खानेनेपानि संस्थान कञ्चनपुरका प्रमुख शैलेन्द्र कुमार शाहले होमपाई भित्रबाट खानेपानीको पाईप विस्तार गर्नु गलत भएको बताए । प्रमुखले आफुले जेठ महिनामा मात्र खानेपानी संस्थान कञ्चनपुरको प्रमुखको जिम्म्ेवारी पाएको हुदा यदि त्यसोगरेको छ स्थलगत अवलोकनमा गई समस्याको समाधान गर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार