रेकर्ड वर्षाको अध्ययन गर्न मौसमविद्को टोली कञ्चनपुर प्रस्थान

प्रकाशित:

काठमाडौं । कञ्चनपुरमा असार २३ र २४ गते भएको अहिलेसम्मकै रेकर्ड वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

वरिष्ठ मौसमविद डा। इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि आज बिहान कञ्चनपुर प्रस्थान गरेको हो महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र, त्यहाँ राखिएका उपकरणका ठिक अवस्थामा भएरनभएको जाँच गर्ने छ । साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गर्ने छ ।

कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो ।असार २४ गते मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४।० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३।६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५।८ मिमि। वर्षा भएको थियो।

विभागको वि।सं। २००३ देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो ।

कहिलेकाहीँ उपकरण बिग्रिएमा तथ्यांक गलत हुने भएकाले विभागकी वरिष्ठ मौसमविद एवम् उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखा प्रमुख डा। कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनमा गएको हो ।

अध्ययन टोलीको रिपोर्टबाट वास्तविकता पत्ता लाग्ने र विभागले निष्कर्ष सार्वजनिक गर्ने उनले जानकारी दिए । ‘करिब हप्ता–दश दिनभित्रै निष्कर्ष सार्वजनिक गर्न सकिने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। जगदिश्वर कर्माचार्यले बताए ।

विभागका महानिर्देशक डा। कर्माचार्यका अनुसार विभागको टोलीले कञ्चनपुरका पालिकाहरुमा यसै वर्षदेखि सुरु गरेको प्रभावमा आधारित पूर्वानुमानको प्रभावकारितासमेत अध्ययन गर्ने छ ।

ताजा समाचार

सम्बन्धित समाचार