जब विदेश पुगेर प्रेमिकाले वास्तागर्ने छोडेपछि प्रहरी जवानले गरे आत्महत्या

प्रकाशित:

काठमाडौं । नेपालको संघीय संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानको प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा खटपट आएको कारण आत्महत्या गरेको खुलेको छ। प्रेमिकासँग खटपट भएपछि उनले आफैंलाई गोली प्रहार गरेको खुलेको हो।

गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए। अहिले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार घटनास्थलमा ठड्याएको अवस्थामा गोलेको मोबाइल बरामद भएको थियो। स्रोतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलबाटै गोलेले आफ्नी प्रेमिकाले वास्ता गर्न छाडेपछि आत्महत्या गरेको तथ्य खुलेको हो।

अविवाहित गोलेले इन्गेटमेन्ट ९टिकाटालो० भने गरिसकेका थिए। करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग गोलेले इन्गेजमन्ट गरेका थिए। इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए। करिब ५ महिनादेखि उनकी प्रेमिका दुबईमा छिन्।

तर दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो। उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि भएको अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले जानकारी दिए।

प्रेमिकासँग विवाद जारी रहेकै बेला आज आत्महत्या गर्नुअघि समेत उनले ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको समेत देखिएको बताइएको छ। ‘भिडिओ कल र घटना पनि एकै समयमा भएको पाइएको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार