समयमै संविधान कार्यान्वयन नहुँदा संघीयताको बारेमा प्रश्न उठ्न थाल्यो ः उपसभापति खड्का

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समयमै संविधान कार्यान्वयन नहुँदा संघीयताका बारेमा प्रश्न उठ्न थालेको बताएका छन् । उनले समयमैे संघीय ऐन(कानुनहरू नबन्दा संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न नपाएको बताए ।

उनले २०७४ सालमा दुई तिहाईको बहुमत प्राप्त कम्युनिस्ट सरकारले साढे तीन वर्ष खेर फालेको बताए । ञसंविधानमा लेखिएका अधिकार प्रदेश र स्थानीय तहलाई दिने सन्दर्भमा कुनै ऐन(कानुन बनाएन्,झ नेपाली कांग्रेस कञ्चनपुरको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ञकम्युनिस्ट सरकारका कारण जनताले संविधानमा लेखिएका अधिकार प्रयोग गर्न पाएनन् ।

उपसभापति खड्काले तत्कालीन अवस्थामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा तत्कालका लागि संविधानमा नलेखिएका कुराहरू संशोधनमार्फत समेट्ने बाचा गरेको उल्लेख गर्दै त्यसतर्फ कांग्रेस क्रियाशिल रहेको बताए । ञतत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा अहिलेसम्म सहमति भएका विषयहरू समेटेर संविधान जारी गरौं, बाँकी मुद्दाहरू संविधान संशोधनमार्फत समेट्दै जानेछौं भनेर बाचा गरेका थियौं,झ उपसभापति खड्काले भने, ञदोश्रो संविधान संशोधनको प्रस्ताव पनि संसदमा लगेर गयौं, एमालेले त्यसकाविरूद्व विपक्षमा मतदान गर्यो, संविधान संशोधनले पूर्णता पाएन् ।

उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्तावेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावहरूलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए । ञउपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्तावेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ,झ उपसभापति खपड्काले भने, ञत्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।

उपसभापति खड्काले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुषपकमल दाहाल ञप्रचण्डझले कांग्रेस र मतदातालाई गम्भीर धोका दिएको बताए । ञनिर्वाचनका बेला जनतासँग गरेका बाचालाई उहाँ ९प्रचण्ड०ले धोका दिनु भएको छ,झ पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले भने । उनले कांग्रेस तत्काल सत्ताको खेलमा नरहेको बताउँदै जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्दै संगठन समृढिकरण अभियानमा लाग्ने बताए ।

जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताए । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रती उत्तरदायी नहुँदा समस्या आएको बताए । ञपार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशन अनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ,झ उपसभापति खड्काले भने, ञजनप्रतिनिधि पार्टीपंति र जनताप्रति उत्तरदायी हुन जरूरी छ ।

उनले पार्टीभित्रका असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गर्न आग्रह गरे । पार्टीमा विवाद छ भन्छौं, नेता र कार्यकर्ताबीच विवाद छ भन्छौंझ उनले भने, ञतर विवाद समाधानका लागि कहिल्यै संवादको वातावरण बनाउँदैनौ,झ उनले भने, ञविवादको समाधान संवाद हो, त्यसतर्फ सबै तहको नेतृत्व अग्रसर हुन जरूरी छ । उपसभापति खड्काले पार्टीमा सुधारको आवाज सबै ठाउँबाट उठिरहेको बताउँदै पार्टी आफै सुधार नहुने भएकाले सुधारको प्रारम्भ आफैबाट गर्नु आवश्यक रहेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार