स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएपछि‘

प्रकाशित:

महेन्द्रनगर । अछामको एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको छ ।जिल्लाको कमलबजार नगरपालिकाको एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ ।

कमलबजार नगरपालिका वडा नम्बर (९ मस्टाबण्डाली मा रहेको स्वास्थ्य चौकीमा औषधी राख्ने फ्रिज भित्र ३ वटा बियरका बोतल राखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका हुन् । अनुगमनका क्रममा फ्रिज भित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन ।

बिरामीका लागि औषधी राख्न प्रयोग गरिने फ्रिज भित्र मदिराका बोतल भेटिएपछि स्वास्थ्यकर्मीको लज्जास्पद हर्कत प्रस्तुत भएको छ ।

बिरामीको उपचार हुने स्वास्थ्य चौकीको आफ्नै फ्रिजमा बियरका बोतल भेटिनुले स्वास्थ्यकर्मीको गैर जिम्मेवारीपन भएको सरोकारवाला बताएका छन । यस घटनामा जोडिएकाहरूलाई कारबाही हुनुपर्ने स्थानियले माग गरेका छ्न ।

वडा नं ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राखेको पाइएको स्वीकार गरेका छन् ।स्वास्थ्यकर्मी आफै संवेदनशील हुनुपर्ने ठाउँमा उल्टै लापरबाही गरेको भन्दै अध्यक्ष भण्डारीले भोली नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक गरेर थप निर्णय लिने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार