Neb E Notes  द्धारा वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । Neb E Notes ले आयोजना गरेको “वैदेशिक रोजगारीमा आकर्षित भइरहेका युवाहरूलाई देशभित्रै स्वरोजगारप्रति कसरी उत्प्रेरित गर्न सकिन्छ” विषयक वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएकोछ । कार्यक्रममा Neb E Notes का सीईओ र संस्थापक तोयराज अवस्थीले आफ्नो खुशी व्यक्त गर्दै यस्ता मञ्चहरूको महत्वलाई जोड दिए।

trawasthi

अवस्थीले भने, “यस प्रतियोगिताले हाम्रो युवाहरूको उत्कृष्ट वक्तृत्वकला मात्र नभइ, देशभित्रै स्वरोजगारको अवसरहरूलाई प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका पनि उजागर गरेको छ र साथै, यस्ता कार्यक्रमहरु पहिला पनि गरेका थियौं र अब आउने दिनहरूमा पनि गर्ने छौ । Neb E Notes ले अहिले सूदुरपश्चिमको शिक्षा क्षेत्रमा अग्रगामी भूमिका निर्वाह गरिरहेको छ।”

कार्यक्रमका प्रमुख अतिथि, लिटिल बुद्ध ऐकेडेमीका  प्रिन्सिपल श्याम सिंह मौनीले भने, “हामी पनि यस कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग गरिरहेका र्छौ र भविष्यमा पनि यस्ता कार्यक्रमहरूमा हाम्रो सहयोग रहीरहनेछ । Neb E Notes ले राखेको यो कार्यक्रम एकदमै राम्रो रहेको छ र यस वक्तृत्वकला प्रतियोगिताले वैदेशिक रोजगारीमा आकर्षित भइरहेका युवाहरूलाई देशभित्रै स्वरोजगारप्रति उत्प्रेरित गर्न एकदमै महत्तवपूर्ण भूमिका खेलेको छ । ”

Rajesh Bhandari

यसै गरी, सार्क एजुकेशन कलेजका +२ व्यवस्थापन विभाग प्रमुख राजेश भण्डारीले पनि आफ्नो मन्तव्य राख्दै भने, “सार्क एजुकेशन कलेजले यस्ता प्रतियोगिताहरूलाई सधैं स्वागत गर्दछ र विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने यो प्रयासलाई हामीले निरन्तरता दिनेछौं।”

Noteswift
Online Learning App

यस कार्यक्रमको “ह्यापिनेस पार्टनर” NoteSwift रहेको थियो। कार्यक्रमको दौरान, ५० भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूको उत्साह र समर्थनका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

पुरस्कार वितरण समारोहमा पहिलो स्थान जयराज भट्टले ९६ अंकसहित प्राप्त गरे, दोस्रो स्थान नितिका अवस्थीले ९३ अंकसहित र तेस्रो स्थान अशोक बिष्टले ८४ अंकसहित प्राप्त गरेका थिए । पुरस्कार राशि क्रमशः पहिलो स्थानका लागि रु.१०,०००, दोस्रो स्थानका लागि रु.५,००० र तेस्रो स्थानका लागि रु.२,००० रहेको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित सबै सहभागीहरू, शिक्षकहरू, विद्यार्थीहरू, राजनेता, अभिभावक, समर्थकहरू र पत्रकारहरूल Neb E Notes को प्रयासलाई उच्च मूल्याङ्कन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्न आग्रह गरे।
कार्यक्रमको सफल समपन्नमा सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो।

 

ताजा समाचार

सम्बन्धित समाचार