महेन्द्रनगर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको जनज्योति क्याम्पस सभापतिमा गोबिन्द राज जोशी निर्विरोध चयन भएका छन् । नेविसंघ जिल्ला अध्यक्ष तथा जिल्ला पधाधिकारी हरुको उपस्थिति सहित विद्यार्थीहरूको भेलाबाट उनी गत बैसाख ०७ गते जनज्योति क्याम्पसको ईकाई कमिटि सभापति निर्विरोध चयन भएका थिए ।
इकाई कमिटि सभापति गोविन्द राज जोशी गरि ११ जना पदाधिकारी सहित ३० सदस्यीय कार्यसमिति बिस्तार गरिएको नेविसंघ कञ्चनपुर जिल्ला सचिव उपेन्द्र बहादुरले बताए।
सचिव बमका अनुसार “जिल्लाका १ र २ नम्बर क्षेत्र सबै क्याम्पस हरुमा इकाई कमिटी रहेको छ । क्षेत्र नम्बर ३ केही क्याम्पसहरूमा ईकाइ कमिटि विस्तार गर्ने क्रममा हामिले जनज्योतिमा पनि संगठन विस्तार गर्यो ।
उपसभापतिमा दमयन्ती बम ९दिपा ० सरोज कुमार रावल ९सुजन ०सचिवमा सन्तोष बडु ,तारा रावल ,सिद्धराज भट्ट र सह(सचीवमा रुपक चन्द ,बिनोद सार्की , प्रकाश जोशी ,दिवस भट्ट ,प्रमिला राई कोषाध्यक्षमा निसा बम लगाएत ३० जना सदस्य सर्बसम्मत चयन भएका हुन ।