बेलडाँडीका कृषक समुहद्धारा समुहले पाएको अनुदान रकममको लागत विवरण पेश

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउपालिका वडा नम्बर ३ कमारीमा मा रहेको जमुना गाई भैसी कृषक समुहले गाई भैसी पालनको लागि आएको अनुदान रकमको लागत विवरण पेश गरेको छ ।

गाउपालिका ३ का १५ किसानले गाई भैसी पालनका लागि प्रदेश भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कञ्चनपुरको ७५ प्रतिशत लागत साझेदारी समुदायमा आधारीत अनुदान कार्यक्रममको सार्वजजिक सुनुवाई गरेको हो ।कार्यक्रम बेलडाँडी गाउपालिकाकी उपाध्यक्ष शान्ति नाथको प्रमुख आतिथ्यतामा जमुना गाइ भैसी पालनकी अध्यक्ष भरीया रानाको अध्यक्षतामा भएको थियो ।

गाई भैसी कृषक समुहका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट ७५ प्रतिश लागत अनुदान स्वरुप रु ४० लाख अनुदान रकम आएको मा ३० वटा मोट्रा भैसी प्रतिगोटा रु १ लाख,प्रजनन् का लागि एक रागा रु १ लाख दश हजार, १५ वटा गोठ मर्मत रु १५ लाख पचहत्तर हजार,घाँस विकासका लागि रु ७ हजार पाच सय, १५ वटा स्टील मिल्क केन खरिद २२ हजार,युएमएमवि खरीद ५८ हजार एक सय पच्चीस,भैसी पालन तालिम एक पटक रु २० हजार,प्रजिवि नियन्त्रण रु २१ हजार छ सय पच्चीस, गाई भैसी ढुवानी रु ५ हजार,स्टमेट निर्माण रु २० हजार,र अन्य गरि रु ५१ लाख एकसड्ढि हजार सात सय पचास लागत रहेकोकम रु ११ लाख एकसड्ढि हजार ७ सय पचास बराबरको समुहको लागत रहेको जमुना गाई भैसी कुषक समुहका कोषाअध्यक्ष कर्म रानाले बताए ।

उक्त अनुदान बाट दुई–दुई वटा भैसी खरिद गरेको र खोर पनि सुधार भएकाले कृषीमा निरन्तरता दिन सजिलो भएको हुदा हाद आफुले रोजगारी खोज्न नपरेको र भैसी पालन थर्ने थप अनुदान पाउदा कृषकहरु निकै खुसी भएको बताए । बेलडाँडी गाउपालिकाकी अध्यक्ष शाति नाथले अहिले समुहलाई बजारको असरता भएतापनि पालिकाले दुध संकलन केन्द्र निर्माण गर्न लागेको र त्यससछि किसानहरुलाई सहज हुने भन्दै कृषकलाई बंगुर पालन,कुखुरा पालन,बाख्रा पालनमा पनी पालिकाले वोड्न चाहेको बताए । बेलडाँडी गाउपालिकामा रहेका कृषकहरुको स्तोरउन्नतीका लागि तिन वटै सरकारसंग पहल गर्ने बताईन ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार