कञ्चनपुरको बेलौरीमा एकजना पूर्व शिक्षकको ढुङ्गा प्रहार गरी बिभत्स हत्या

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरमा एकजना पूर्व शिक्षकको ढुङ्गा प्रहार गरी हत्या गरिएको छ ।
कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा बाटोमा हिँडिरहेको ब्यक्ति माथि ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु भएको हो।

मृत्युु हुनेमा बेलौरी नगरपालिका ६ बस्ने ६३ वर्षीय महाकाली मा बि का पूर्व शिक्षक लच्छी चन्द रहेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार(शिक्षक लच्क्षी चन्द साझा घर फर्किने क्रममा बैतडी स्थायी घर भई भारत हुदै पछिल्लो समय बेलौरी बस्दै आएका अन्दाजी ३६ वर्षीय महेश भण्डारीको ढुङ्गा प्रहारबाट उनको मृत्युु भएको बताए ।

प्रहरी निरीक्षक जैसीले भने ूघटना को खबर पाएपछि प्रहरी तुरून्त घटना स्थल पुगि “सख्त घाइते चन्दलाई उपचारका लागि बेलौरीमा ल्याएको र उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । ढुङ्गाले मुख र टाउकोमा गहिरो चोट लागेका चन्दको उपचार सम्भव हुन सकेन् ।, उपचारको लागि लैजादै गर्दा धनगढीमा निधन भएको प्रहरीले बताए।

बजार देखि आफ्नो घर बिध्यनगर जांदै गरेका शिक्षक चन्दलाई बाटोमा रोकि ढुङ्गा प्रहार भएको थियो। ढुङ्गा प्रहार गर्ने भण्डारी फरार रहेको बताउदै निरीक्षक जैशीले भने (“घटना बारे थप अनुसन्धान भइरहेको छ, हामीले वृहत् रुपमा प्रहरी परिचालन गरेका छौं, उनको खोजी जारी छ ।

बौद्धिक एवम् सरल स्वभावका मृतक चन्द महाकाली मावि बेलौरीका सेवा निवृत्त अंग्रेजी शिक्षक हुन् । यतिबेला उनको देहावसानको खबरले सिङ्गो बेलौरी नै शोकमा ढुबेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार