महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका(४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको निधन भएको छ ।मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको निधन भएको हो । उनी सोही वडाका पूर्व वडाध्यक्षसमेत हुन् ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश २००१ ख १२८७ नम्बरको बस र सुपप्र १०११ प ९४६७ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन् ।

उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकोमा ऐरको त्यहिँ निधन जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ ।



