ब्लड क्यान्सरबाट अस्पतालमा छटपटाइ रहेका १० बर्षिय छोरा जोगाइदिन आमाको गुहार…

प्रकाशित:

महेन्द्रनगर । प्राणघातक रोग ब्लड क्यान्सर पीडित १० वर्षीय ललीत बोहरा यतिखेर चितवनको क्यान्सर अस्पतालमा उपचारत छन् । सानो उमेरमै बुवा गुमाएका ललितको परिवारलाई २०६२ सालमा आएको बाढी पहिरोले घरवार विहिन बनायो ।

एकल आमा बाहेक बाच्ने आधार कोहि नभएका ललित र ललितका दुईटा भाई, एउटी बहिनी र आमा लगाएत ५ जनाको परिवार अहिले सोहि परशुराम नगरपालिका–५ परिगाँउ मावलीको आश्रयमा बस्दै आईरहेका छन् ।
दैवले एउटा दुखीलाई कति सम्म दुखं दिन सक्दो रहेछ भन्ने उदारण हुन ललितकी आमा, बाढिले बस्ने घर,खाने खेत बगाएसंगै श्रीमानको पनी मृत्यु भयो ।

जिउने आधार छोरा थियो त्यो पनि ब्लड क्यान्सर भएर चितवनको क्यान्सर अस्पतालमा उपचार्थ रहेसंगै घरको आर्थीक स्थिती नाजुक भएकोले आर्थीक सहयोग गरी छोरा बचाई दिन ललितकी आमाले सबैलाई गुहार गरिरहेकी छिन् ।
१० दिन देखी चितवनको क्यान्सर अस्पतालमा उपचार्थ रहेका ललितको उपचारको लागि देशविदेशमा रहेका सहयोगी दाताहरुबाट ३ लाख आर्थिक रकम सहयोग संकलन भएको र उपचारको लागि त्यति पैसाले मात्र सम्भव नहुने भएको हुँदा पुन देशविदेशमा रहेका सहयोगी दाताहरुलाई आर्थीक सहयोग गरी ललितको ज्यान बचाई दिन ललितकी आमा लगायत आफन्तले गुहार गरिरहेका छन्् ।

ताजा समाचार

सम्बन्धित समाचार