महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले महाकाली प्रादेशिक अस्पताललाई झुल सहयोग गरेको छ । मंगलवार वडाका अध्यक्ष रविन्द्रप्रशाद देवकोटा, वडाका सदस्यहरु लगायतको उपश्थितीमा महाकाली प्रादेशिक अस्पतालको तर्फबाट अध्यक्ष कृष्णानन्द भट्ट, मेडिकल सुपेरिन्टेन्डेन्ट डा। अर्जुन भट्टको उपश्थिती रहेको थियो ।
अस्पतालमा अहिले १ सय ५० वटा बेड रहेको र उपचार गराउन आउने विरामीहरुलाई सहजता होस भनेर झुल सहयोग गराएको भीमदत्त नगरपालिका १८ का अध्यक्ष देवकोटाले बताउनु भयो । अहिले गर्मी बढेसंगै लामखुट्टे पनि बढने भएकाले अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई थप जोखिम नहोस भन्ने उदेश्यले झुल सहयोग गरिएको जानकारी दिनु भयो ।
साथै बैशाख ९ गतेदेखी १२ गतेसम्म वडाले आम जनताहरुलाई घरदैलोमा पुग्नेगरी झुल वितरण गरेको र छुट भएकाहरुलाई फेरी थप झुलको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । यसैगरी वडा अध्यक्ष देवकोटाले सबै वडावासीहरुले आफनो वरपर रहेको पानी जम्ने खाल्डाखुल्डीहरुलाई सफा गर्ने पानी जम्न नदिने र सरसफाईमा विषेश ध्यान आग्रह गर्नुभयो ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अहिले लामखुट्टेको एकदमै विगविगी भएको समयमा वडाले प्रदान गरेको झुलले अस्पतालमा उपचार गर्न आउनुहुने विरामी र कुरुवाहरुलाई निकै सहज हुने बताउनु भयो । उहाँले अस्पताललाई सहयोग गर्नुहुने वडा कार्यालयलाइ धन्यवाद पनि व्यक्त गर्नु भयो । आगामी दिनमा पनि वडाबाट हुने सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा। अर्जुन भट्टले यो समयमा लामखुट्टेहरु बढेको हुनाले सबैले आफनो वरपर सरसफाई गर्न आग्रह गर्नु भयो । साथै सबैले वडाबाट उपलब्ध भएको झुललाई प्रयोग गर्ने र गर्मी बढेको भएर प्रयाप्त मात्रामा पानी पिउन पनि आग्रह गर्नु भयो ।
लामखुट्टेको टोकाइबाट बच्नलाई एक मात्रै उपाय भनेको झुलको प्रयोग गर्ने र मलेरिया, डेंगु रोगबाट बच्न सकिने भएकाले सबैले यसको उचित मात्रामा प्रयोग गर्न डा। भट्टले आग्रह गर्नु भयो ।