कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–६ शुकासालका सवारी ज्यान मुद्दामा दोषी ठहर करन चन्द पक्राउ परेका हुन्। उनी जिल्ला अदालत कञ्चनपुरको २०८० माघ ८ गतेको फैसलाबाट दोषी ठहर भएका थिए।

२ महिना ८ दिन कैद र ७० हजार जरिवाना तोकिएका चन्द फरार थिए। फरार चन्दलाई शुक्रवार प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार