महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री एव पुर्वमन्त्री गगन कुमार थापाले गठबन्धन निषेध संगै पार्टि भित्रको गुटबन्धीलाई समेत निषेध गर्नु पर्ने बताएका छन् ।

समुदायमा कांग्रेस अभियान अन्र्तगत संवाद यात्राका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका १२ को महाकाली भाईरल रोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टिको स्तरउन्नती, देशको समृद्धि र विकासका लागि गठबन्धन निषेध संगै कांग्रेस भित्रको गुटबन्धनीलाई समेत निषेध गर्नु पर्ने धारणा ब्याक्त गरेका हुन ।

थापाले भने “गुटले गर्दा पार्टिलाई भित्र–भित्र खोक्रो बनाई सकेको छ,‘ तलसम्मका कार्यक्रता समेत गुटका सिकार भईरहेका छन्;‘पार्टि एउटै तर गुट फरक सबै थाकिसकेका छन््,;‘ब्याग्यआत्मक शैलिमा थापाले भने यो ईतर फलानो उतर पक्षले पार्टिका साथीहरु जहा देख्यो त्यहि घाईते देखिन थालेका छन्,।

कसैका सिउरो भाचिएका छन् त कसैका–कसैका पखेटा भाचिएका छन्,। तर यो सब घाउँ अरुसंग होईन आप्ःना पार्टि भित्रका संग लड्दा लागेको घाउँ हो,‘हामी यती लडेका छौं कि माथि देखि तल सम्म लडेका लडेई छौं,‘यो एक जनाको कुरा होईन,मेची देखि महाकाली सम्म गुट बन्धनले निम्त्याएको विकराल समस्या हो,।
यो पार्टिलाई गुटबन्धीबाट बाहिर निकाल्नु पर्ने र गुटबन्धीले पार्टि नचल्ने संकेत देखिएको बताए । कार्यक्रममा बोल्दै थापाले माथी बनेको गुटबन्धी सच्याउनुका साथै गुटबन्धी सबै नेताहरुको नियत र पार्टिको नितिसंग जोडिएको कुरा भएको हुदा पार्टिको सदस्यता लगाएत बारम्बार तल देखि माथी चुनाब,गराउने प्रुवृद्धिको अन्त्य र सिमित ब्याक्तिको पदमा मात्र निर्वाचन गर्ने कुरालाई पार्टिले महत्वमा राख्नु पर्ने धारणा ब्याक्त गरेका छन् ।


