कञ्चनपुरको एक पालिकाका दुई वडा कार्यालयलाई एम्बुलेन्स पाईएको छ ।

भीमदत्त नगरपालिका –१३ र –१६ दुई वडा कार्यालयलाई एम्बुलेन्स पाईएको हो ।

आइतबार एक कार्यक्रमका विच भारतीय दुताबासले भीनपा –१३ र –१६ वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

भीमदत्त नगरपालिका –१३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले वडाका जनताको समस्यालाई मध्य नजर गर्दै भारतीय दुताबासलाई वडाबाट एम्बुलेन्स माग गरिएको बताए ।
सो अनुरुप वडालाई एम्बुलेन्स पाईएको बताए ।


