यातायात कार्यालय आसपासका अनधिकृत खोका, छाप्रा हटाउने कार्य सुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा ,नापी, यातायात,तथा मालपोत कार्यालय अगाडी सरकारी सार्वजनिक जग्गामा अनधिकृत रुपमा बनेका खोका,छाप्रा,घर, टहरा धमाधम हट्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दोस्रो पटक चैत्र २२ गते बोलायको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार मालपोत लगाएतको आसपासमा रहेका सरकारी जग्गामा बनेका घर,टहरा,खोका,छाप्रा हटाउन पुन ७ दिनको म्याद थप सम्बन्धी सुचना सार्बजनिक गरेसंगै सरकारी जमिनमा अनधिकृत रुपमा बनेका खोका,छाप्रा,घर, टहरा,प्रयोगकर्ताहरुले हटाउन थालेका हुन ।

देशभर अतिक्रमणमा परेका सार्बजनीक जग्गा फिर्ता ल्याउने सरकारी अभियानमा गृहमन्त्रायहुदै जिल्ला प्रशासनकार्यालय हरुमा नेपाल भरनै रहेको थियो । अतिक्रमण हटाउन पत्रचार गरिएको थियो ।

गृहमन्त्रालको आदेशमा टेक्दै जिल्ला प्रशासनकार्यालयले कञ्चनपुरमा रहेका सरकारी स्वामित्वमा अतिक्रमित जमिन खाली गर्ने पहिलो सुचना सार्बजनिक गरेको थियो ।

नेपाल बाल संगठन लगाएत अन्य सरकारी निकायले सरकारी मातहतको जग्गा खाली गर्ने चैत्र १५ गते नै सार्बजनिक सुचना जारी गरेको थियो ।

सरकारले अतिक्रमित सरकारी जमिन खालि गराउन थालेपछि लामो समय देखि बाल मन्दिर लगाएत आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरुले सरकारले गरीब मानिसहरुको मात्र वासस्थान नभत्तकाई ठुला –ठुला धनाडेहरुले लिजका नाममा कब्जामा लिएका अवैध संरचना समेत भत्तकाउनु पर्ने भन्दै भीमदत्त नगर पालिका तथा जिल्ला प्रशासन कार्यालयलाई  आग्रह  समेत गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार