महेन्द्रनगर । कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–८ ‘क’ गाउ स्थित ढकाल लाइनका दली थापाको ४ कोठे घरको ग्यालरीमा रहेको विद्युत मिटर बक्समा अचानक तार सर्ट भएर आगलागी भएको हो।

मंगलबार बिहान आगलागी हुदाँ घर जलेर नष्ट भएको छ। साथै घरभित्र रहेको नगद, खाद्यन्न, लत्ताकपडा, फर्निचर, भाँडावर्तन, सुन, मोबायल थान ३ लगायतका सामान गरेर करिब १६ लाख मुल्यको धनमाल जलेर नष्ट भएको हो।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइनुका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट थप अनुसन्धान गर्ने काम भइरहेको छ।



