दोधारा चाँदनीका रेशम बादीलाई सिप र संस्थाको सहयोगले आर्थिक उन्नती सहित सम्मान दियो

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वादी घरपरिवार सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुदै गईरहेका छन् । कुनै समय देहव्यापारमा संलग्न जाती भनि समाजद्वारा हेपिने बादी समुदाय विभिन्न रोजगारमुलक कार्यमा लागि आत्मनिर्भर बन्दै गएको पाईएको छ् ।

रोजगारमूलक गतिविधि र सामाजिक विकासमा संलग्नता बढ्दै गएपछि समाजले पनि उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका रेशम बादीले आज भोली दोधारा चाँदनी नगरपालिका– ४ को चाँदनी बजारमा जुत्ता सिउने र छाला तथा फाईबरको जुत्ता उत्पादन ब्यवसाय गरेर राम्रै आम्दानी गरेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० को सुद्दढ परियोजना र डिसीए नेपालले सघाएपछि रेशम बादीले जुत्ता सिउने र छाला तथा फाईबरको जुत्ता उत्पादन ब्यवसाय गर्न सफल भएको रेशम बादीले बताएका छन् । संस्थाको सहयोगले ब्यवसायी बन्न सफल भएको रेशम बादीले बताएका छन् ।

ब्यवसाय फस्टाउन थालेपछि आफुले एक मोटरसाईलक खरिद गरेको बताउदै घरमा मनोरंजनको लागी टेलिभिजन र घरमा ईन्टरनेट जोड्न सफल भएको रेशम बादीले बताएका छन् । रेशम बादीले पहिले पहिले सानो जाती भनेर घृणा गर्नेहरु आज भोली साहुँजी भनेर सलाम गर्ने गरेको बताए । रेशम बादी र उनका धर्मपत्नीले बिहान सबेरै पसल खोल्ने र अबेर साँझ मात्र पसल बन्द गरेर घर जाने गरेको स्थानियहरु बताउछन् ।

पसल देखि घर केही टाढा भएकै कारण मोटरसाईलक खरिद गरेको उनले बताए । रेशम बादीले जुत्ता सिउने र छाला तथा फाईबरको जुत्ता उत्पादन ब्यवसायमा झण्डै दैनिक रु। १२ देखि १५ सय बढी सम्मको ब्यापार गर्ने गरेको रेशम बादीको धर्मपत्नी सिता बादीले बताएका छन् । रेशमलाई उनका धर्मपत्नी सिता बादीले व्यवसायमा सघाउदै आएका छन् । घरमा भएका ९ परिवारलाई रेशमलाई रेशम जुत्ता चप्पल सिलाई सेन्टरले मज्जाले घरमा नानीहरु पढाउन, खान, लाउन पुगेको सिता बादीले बताए । उनिहरुले २ वटा सहकारीमा दैनिक कमाएको पैसा जम्मा गर्ने गरेको सिता बादीले बताएका छन् ।

‘दैनिक हामीले ५ देखि ७ सय रुपिया सम्म सहकारीमा बचत गर्दै आएका छौं’ सिता बादीले भने । अहिले आएर बल्ल आफ्नो जहान परिवार आत्मनिर्भर बन्न थालेको सिता बादीको भनाई रहेको छ् । चाँदनी बजारमा रहेको कृष्णा बजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बुढाथोकीले नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० र डिसीए नेपालले जुत्ता चप्पल बनाउने तथा मर्मत गर्ने कार्यमा सहयोग गरेपछि रेशम बादीले राम्रै आम्दानी गरेको बताएका छन् । संस्थाको सहयोगले रेशम बादीको घरपरिवारमा ठुलै परिवर्तन ल्याएको उनको भनाई रहेको छ् । गाँउ घर चहारेर माँगेर खाने रेशम बादीको घरपरिवारले अहिले आएर जुत्ता उत्पादन र सिउने काम गरि मनग्य आम्दानी गरेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

रेशम बादी संग सिप भएको आर्थिक अभावको कारण केही गर्न नसकेको हुदा दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालय र नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० तथा डिसीए नेपालको सहयोगमा जुत्ता ब्यवसाय गरेर आर्थिक उन्नती गरेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० को सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले रेशम बादीलाई ब्यवसाय बनाउको लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० को सुद्दढ परियोजना र डिसीए नेपालले झण्डै रु। १ लाख ५० हजार बराबरको जुत्ता सिउने तथा बनाउने औजारहरु सहयोग गरेको जनाएका छन् । दलित भित्रको पनि अति सिमान्तकृत वर्गको रुपमा रहेको वादी समुदायको संख्या कञ्चनपुर जिल्लामा ८ सय ३२ रहेको एक तथ्यांकमा छ् । तर आज उनीहरु परिवर्तनको बाटो आत्मसाथ गर्ने प्रयासरतमा छन् ।

ताजा समाचार

सम्बन्धित समाचार