दोधारा चाँदनीमा ३ हजार ७ सय बढी जनाको निशुल्क आँखा जाँच

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ् । नेपाल च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धनगढी नेत्रालय प्रालि। र वडा कार्यालयको सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीको आयोजनामा निशुल्क आँखा शिविर दोधारा चाँदनी नगरपालिका– १ देखि वडा नं। १० सम्म सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधारा र उपशाखा चाँदनीले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका– १ देखि १० वडा सम्ममा ३ हजार ७ सय २९ जनाले शिविरमा आँखा जाँच गराएका नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् । केही दिन अघि देखि दोधारा चाँदनी नगरपालिकाको वडा नं। १ देखि निशुल्क आँखा शिविर संचालन गरिएको हो ।

दोधारा चाँदनी नगरपालिका– १ देखि वडा नं। ५ सम्म नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनी र वडा नं। ६ देखि वडा नं। १० सम्म नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजनामा निशुल्क आँखा शिविर संचालन गरिएको थियो । शिविरमा ७ सय ९७ जना आँखाका रोगीहरलाई निशुल्क चश्मा र ४ सय १३ जनालाई शल्यक्रियाको लागी सिफरिस गरिएको छ् । आँखा शिविरमा निशुल्क औषधी समेत बितरण गरिएको छ् ।

चैत्र ३ गतेबाट दोधारा चाँदनी नगरपालिकाको वडा नं। १ बाट शिविर संचालन भएको शिविर संचालन गर्न सबैले सहयोग गरेको भन्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधारा र उपशाखा चाँदनीले सबैमा धन्यबाद दिएको छ् । आँखामा मोतियाबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका रोगीहरुलाई छनौट गरि धनगढी नेत्रालय प्रालि। आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिदै आएको रेडक्रसकर्मीहरुले जनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार