महेन्द्रनगर । शुक्लाफाटा पर्यटन महोत्सवको आज अन्तिम दिन भीमदत्त नगरपालिका तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जका कर्मचारी विच मैत्रीपुर्ण फुटबल प्रतियोगीताको आयोजना गरी महोत्सवको समापन गरिएको छ ।

उक्त फुटबल प्रतियोगीताकामा शुक्लाफाटा राष्ट्रिय निकुञ्जको टिमले ४ गोल हान्दै भीमदत्त नगरपालिकालाई शुन्यले पराजीत गरेको छ । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो भने शुक्लाफाटा पर्यटन महोत्सवभर सहयोग गर्ने सरोकारवाल निकाय र संघसस्थाहरुलाई सम्मान समेत गरिएको थियो । भीमदत्त नगर पर्यटन समितिले शुक्लाफाटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्धधका लागि सातौ शुक्लाफाटा पर्यटन महोत्सवको आयोजना गरेको हो ।




