कोदालो प्रहारबाट श्रीमान द्वारा श्रीमको मृत्यु, २ जना घाईते

प्रकाशित:

बैतडी । बैतडीमा एक पुरुषले कोदालो प्रहार गरि श्रीमतीको हत्या गरेका छन भने २ जना गम्भीर घाइते बनाएका छन् । डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन भने दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई घाइते बनाएका हुन् ।

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो। घाइते भएका तिनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी ल्याउदा श्रीमतीको आटोमै मृत्युु भइसकेको छ भने गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागि सुर्खेतबाट नेपालीबसेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्रोतका अनुसार बिहीबार बिहान ९ बजे कृष्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका तिनै जनालाई उपचारका लागी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा श्रीमतीको बाटोमै मृत्युु भएको हो । यस्तै गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागी अन्यत्र लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । कोदालो प्रहार गर्ने धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार