महिला माथि हुने हिंसा न्यूनिकरणका लागि मेची महाकाली यात्रा शुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा महिलावादीको मेची महाकाली यात्रा शुरु भएको छ् । सोमबार कञ्चनपुर र झापादेखि एकसाथ महिलावादीको मेची महाकाली यात्रा शुरु भएको हो ।

महिलाको हक अधिकारका साथै महिला माथि हुने हिंसा न्यूनिकरणका लागि टेवा नेपालको आयोजनामा पश्चिम नेपाल महाकाली कञ्चनपुरको महेन्द्रनगर र झापादेखि एकसाथ अभियान शुरु भएको छ् । भीमदत्त नगरपालिका-४ महेन्द्रनगरको मदनचोकमा महिला अधिकारकर्मीहरूको उपस्थितिमा उक्त अभियान शुरु गरिएको छ ।

त्यसैगरी कञ्चनपुरकी अधिकारकर्मी एवम् आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले पृथकशैलीमा महिलाको हक अधिकार स्थापीत गर्ने उदेश्यका साथ देशका दुई स्थानबाट अभियान शुरु गरिएको बताए । उनले भनिन्, ‘कञ्चनपुरका अधिकारकर्मीको उपस्थितिमा अभियानको शुरुवात गरिएको छ् भने, हामी कञ्चनपुरबाट नै अभियान शुरु गरेर नवलपुर पुग्छौँ, ‘, बीच बीचमा अन्य जिल्लाका सहभागि महिलाहरू समेत आफू संगै जाने उनले बताइन् ।’

त्यसैगरी अधिकारकर्मी एवम् द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष सिता बोहराले देशका दुई स्थानबाट एकैपटक शुरु भएको अभियान चैत ८ गते नवलपुरमा पुगेर समापन गरिने बताइन् । कञ्चनपुरमा सुदूरपश्चिमको लोक देउडा खेलेर विदाई तथा स्वागत गरिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार