महेन्द्रनगर । दार्चुला समाज कञ्चनपुरले प्रथम साधारणसभा सम्पन्न गरेको छ । शनिवार दार्चुला थातथलो भई स्थायी रुपमा कञ्चनपुरको विभिन्न भूभागहरुमा बसोबास गर्दै आएका दाचुलाबासीहरु संगठित हुनका लागि स्थापना गरिएको दार्चुला समाजले प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

नेपाल सरकारका पुर्व मन्त्री तथा नेकपा एमालेका नेता गणेश ठगुन्नाको प्रमुख अतिथ्यमा दार्चुला समाजको प्रथम वार्षिक साधामरण सभा सम्पन्न भएको हो । उक्त कार्यक्रमबाट हालै सुप प्रदेश सरकारको सह सचिव पदमा बढुवा हुनु भएका सह–सचिवद्वय दुर्गादत्त विष्ट, डा.पान सिह ठगुन्ना, होटल ९/११ का सञ्चालक एक समाजसेवी कोमल बहादुर सिंह र भानु पार्टी प्यालेसका सञ्चालक भानदेव जोशी सम्मानित भएका छन् ।

दार्चुला समाजले शनिवारै बन्दसत्रबाट नयाँ कार्यसमितिको समेत चयन गरेको छ । अध्यक्षमा भीम बहादुर साउँद, उपाध्यक्षमा भवानी प्रसाद पन्त, सचिवमा निरञ्जन प्रसाद बिष्ट, सह–सचिवमा मनोज भट्ट र कोषाध्यक्ष विजया लक्ष्मी अवस्थी चयन भएका छन् । सह–सचिव भट्ट बाहेकका पदाधिकारी तदर्थ समितिकै निरन्तरता दिइएको हो ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा महादेव जोशी, मोहन सिंह ठगुन्ना, पदम सिंह विष्ट, पुर्णिमा धामी, नर सिह बडाल, धर्मराज जोशी, सुरेन्द्र जोशी, जानकी जोशी, शान्ति सिंह, लक्ष्मी धामी, बिमला ओझा (भट्ट), जयराज भट्ट, यशोदा धामी, मञ्जु गिरी, पुर्णनन्द जोशी, कृष्ण सिंह साउँद गरी २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।
नेपाल सरकारका पुर्व सह–सचिव बिष्णु सिंह बिष्टको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । उक्त कार्यदलमा संयोजक बिष्ट सहित हरक सिंह धामी, हरिराज बिष्ट, माधव प्रसाद जोशी र बिरेन्द्रराज बिष्ट रहेको दार्चुला समाजका सचिव निरञ्जन बिष्टले बताए ।
दार्चुला समाजको उक्त प्रथम वार्षिक साधारण सभाको विशिष्ट अतिथीमा नेपाली कांग्रेस सुदूर पश्चिम प्रदेशका प्रमुख सचेतक बिक्रम धामी, व्यवस्थापिका संसदका पुर्व उप सभापति भोजराज जोशी, सुदूर पश्चिम प्रदेश सदस्य लक्ष्मी विक, दार्चुलाका पुर्व जिविस सभापति मान बहादुर चन्द, कञ्चनपुरको बेदकोट नगरपालिकाकी उप प्रमुख तुलसी जोशी लगायत नेपाल सरकारका पुर्व तथा वर्तमान सह–सचिव, उपससिचव, अधिकृत लागयत निजामती कर्मचारी, राजनीतिक दलका नेता पदाधिकारी, समाजसेवी, उद्योगी व्यापारी लगायतको वृहत उपस्थितीका साथ प्रथम साधारण सभा सम्पन्न भएको छ ।



