उपप्रमुख जोशीको पहलमा गोलेक धाम श्रीकृष्ण आश्रम निर्माणको लागि निर्माण सामाग्री सहयोग

प्रकाशित:

महेन्द्रनगर । दोधारा चादँनी नगरपालिकाकी नगर उपप्रमुख गंगा देवि जोशीले दोधारा चादँनी नपा वडा नम्बर १ मा रहेको गौसंरक्षण हेतु गोलोक धाम श्रीकृष्ण आश्रमलाई सहयोग गरेकी छन् ।

उपप्रमुख जोशीले लामो समयदेखि सामुदायीक छाडा पशुचौपाको संरक्षणतथा हेरचाहा गर्दै आईरहेको गोलोक धाम श्रीकृष्ण आश्रमलाई सहयोग गरेकी हुन । उपमेयर जोशीले निर्माणधिन अवस्थामा रहेको गोलेक धाम श्रीकृष्ण आश्रम समितिलाई २० बोरा सिमेन्ट,र २ बन्डल सरिया उपलब्ध गराएर सहयोग गरेको श्री गोलोक धाम श्रीकृष्ण आश्रम कार्य समितिका अध्यक्ष उत्तम भट्टले बताएका छन् ।

भट्टका अनुसार पछिल्लो समय सामुदायीक छाडा पशुचौपाया ब्यावस्थापन गर्ने कार्य चुनौतीपुर्ण भईरहेको हुदा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का वडावासिहरुले चौपाया ब्यावस्थापन तथा संरक्षणको लागि गोलोक धाम श्रीकृष्ण आश्रम नामक संस्था खोलेको बताएका छन् ।संस्थामा ३५ जना आजीवन सदस्य रहेसंगै संस्थाले आवद्ध रहेका सदस्यहरुबाट आन्तरिक रुपमा आर्थिक रकम संकलन गरी सामुदायीक छाडा पशुचौपाया संरक्षणको काम अगाडि बढाउदै लैजाने अध्यक्ष भट्टले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार