कर्णाली पुलमा केहि दिनका लागि आवागमन बन्द

प्रकाशित:

महेन्द्रनगर । सोमबार विरगंबाट कञ्चनपुरका लागि लाईटरलोड गरि आउदै गरेको ट्रकमा भिषण आगलागी भएको थियो ।ट्रक सहित ट्रकमा लोड भएका लाईटरसबै जलेर नष्ट भएकका छन् भने रातीको ११ बजिसक्दा समेत आगो पुर्ण रुपमा नियन्त्रण मा नआएको सुदुरपश्चिम प्रदेश सरकार प्रदेश आपतकालीन कार्य संचालन केन्द्र कैलालीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

आगो नियन्त्रण कार्यमा तिनै वटा सुरक्षा निकायको टोली सहित कैलालीको लम्कीचुहा,घोडाघोडी र टिकापुर नगरपालिकाको दमकल,बर्दिया मधुबन,गुलरिया,र बासगढि तथा बाकेको कोहलपुर नगरपालिका गरि जम्मा ७ वटा दमकदद्धारा आगो निभाउने प्रयास भैरहेकोमा समेत पुर्ण रुपमा आगो निन्त्रण हुन नसकेको ईलाका प्रहरी कार्यालय चिसापानिले जनाएको छ ।

आगलागिको कारण कर्णाली पुलमा क्षति पुगेकोले सो पुलमा केहि दिनकालागि आवागमन बन्द गरि वैकल्पिक सवारी आवागमनका लागि लम्कि,टिकापुर,सतिपुल हुदै राजापुरबाट बर्दिया पुग्ने विकल्प दिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ईन्जिनिर निरज शाक्यले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार