कर्णाली पुलमा आगलागी, ग्यास बोकेको ट्रक जल्यो

प्रकाशित:

महेन्द्रनगर । कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक चलेको छ। साथै पुलका लठ्ठामा समेत आगो सल्केको छ। आज ९सोमबार० दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो। एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।

आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।ग्याँस लाइटर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खेलेको छैन्। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार