एनएनएसडब्लुएद्धारा दोधारा चाँदनीमा कृषी एम्बुलेन्स हस्तान्तरण

प्रकाशित:

महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० कञ्चनपुरको साँझेदारी तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा संचालित सुदृढ परियोजनाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारिकरणमा सहजीकरण गर्ने उद्देश्यले कृषक समूह तथा कृषि बजार व्यवस्थापन समिति मार्फत संचालन हुने गरि दोधारा चाँदनी– ६ कार्यालयलाई आज एक कार्यक्रम बिच तिन पाङग्रे कृषी एम्बुलेन्स हस्तान्तरण गरिएको छ् ।

वडाध्यक्ष ओम बहादुर बस्नेतको अध्यक्षता र नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आथित्यमा संचालन भएको हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र वडाध्यक्ष ओम बहादुर बस्नेतलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन कृषि एम्बुलेन्स संचालनले दोधारा चाँदनी नगरपालिकामा उत्पादन हुने कृषि उपजको बजारिकरण गर्न सहज हुने र यसले थप युवाहरुलाई व्यावसायिक कृषि क्षेत्रमा लाग्ने हौसला प्राप्त हुनेछ् ।

वडाको हेल्थपोष्ट बजार नगरपालिकाको केन्द्रमा रहेको हुदा नगरपालिकाको कृषि उपज संकलन गरि बजारिकरण गर्न सहज हुने भएकोले कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले आगामी दिनमा समेत समग्र दोधारा चाँदनी नगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र दिगो जीविकोपार्जन मार्फत उत्थानशील समुदाय निर्माण गर्न निरन्तर रुपमा प्रयासरत रहने प्रतिवद्दता व्यक्त गरेका थिए ।

यसै गरि नगर प्रमुख किशोर कुमार लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० लाई धन्यवाद दिंदै नगरपालिकाले आवश्यक कार्य विधि बनाइ प्रभावकारी रुपमा कृषि उपज ढुवानी हुने र नगरपालिकाले समेत कृषि उपजको बजारीकरण गर्न आवश्यक कार्य गर्ने बताए । वडाध्यक्ष ओम बहादुर बस्नेतले वडाको वार्षिक बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको र युवाहरुलाई स्वदेशमा रोजगारी सिर्जना गर्न कृषि क्षेत्रको विकल्प नभएको हुदा आगामी दिनमा समेत कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने बताए । वडाध्यक्ष बस्नेतले कृषि एम्बुलेन्सका लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० लाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

 

ताजा समाचार

सम्बन्धित समाचार