महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सीमाना गड्डाचा स्थित नेपाल –भारत सिमा स्तम्भमा गाडेको राष्ट्रिय झन्डा च्यातिन थालेपछि नयाँ झन्डा को फेरिएको छ ।

आईतबार सशस्त्र प्रहरी सीमा सुरक्षाबल गड्डाचौकीको टोली तथा भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापा लगाएतको टोलीले च्यातिएको झन्डा निकालेर नयाँ झन्डा फेरेका हुन । राष्ट्रिय झन्डा सबै नेपालीको मान,सम्मान,एवं स्वाभिमान प्रतिबिम्बित गर्ने भएकोले झन्डाको सुरक्षा गर्नु हामिसबैको दायित्व र कर्तव्य हुने बताएका छन् ।



