शाह सरकारका ४ मन्त्री रेशम भेट्न बर्दिया पुगेपछि‘

प्रकाशित:

महेद्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्री रेशम चौधरीलाई भेट्न शनिबार बर्दिया पुगेका छन् । नागरिक उन्मुक्तिबाट सरकारमा रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, बिना विभागीय मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री इन्दिरा चौधरी रेशमरीलाई भेट्न बर्दियाको पुगेका गुलरिया हुन ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ ९श्रीमती०संगको विवादले रन्थनिएका रेशम घरमै आराम गरिरहेका छन् ।आफूलाई भेट्न बर्दीया पुगेका मन्त्रीहरुलाई रेशमले राम्रो काम गर्न निर्देशन दिएका छन् । उनीहरूलाई बधाई दिँदै राम्रो काम गर्न रेशमले निर्देशन दिएका हुन् ।

‘सरकारमा समर्थन रहन्छ । उक्त भेटमा सम्भावित राजनैतिक परिस्थितका विषयमा पनि कुराकानी भएको थियो ।नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिइसकेकी छन् समर्थन फिर्ता लिन समेत उनले संसदीय दलको नेतालाई निर्देशन दिइसकेकी छन् । नभए कारबाही गर्न सम्मको चेतावनी दिएकी हुन् ।यता समर्थन फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार