महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा रहेको साना किसान कृषी सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीले आफ्ना शेयर सदस्यहरुलाई तिर्थ यात्रा लगेको छ ।

सहकारीले आफ्नो बार्षिक कार्ययोजना अनुसार ६० देखी ७० बर्ष उमेर समुह भित्रका शेयर सदस्यहरुलाई तिर्थ यात्रा लगेको साना किसान कृषी सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीका अध्यक्ष दिना निरौलाले जानकारी दिनुभयो । उहाँले २ बस मार्फत ९० जना शेयर सदस्य र १० जना सञ्चालक समिती सदस्य गरी एक सय जनाको टोली तिर्थयात्रा गर्न हिडेको जानकारी दिनुभयो ।

यस्तै साना किसान कृषी सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीको ब्यवस्थापक कल्पना चापागाइले केही बर्ष देखी विभिन्न कारणले रोकीएको तिर्थयात्रा कार्यक्रम पुनः सुरु गरेको बताउनुभयो । शेयर सदस्यहरुलाई तिर्थयात्राका रुपमा देबघाट, सिजी टेम्पल, बुटबलको मुत्तिनाथ धाम र बौद्धको जन्मस्थल लुम्बीनीको दर्शन गराउने योजना रहेको उहाँले बताउनुभयो ।यस्तै तिर्थयात्रमा सहभागी शेयर सदस्यहरु भने भजन, आरती गर्दै रमाउदै तिर्थ यात्रा जान पाउँदा खुशी महशुस भएको बताउछन् ।



