“मलाई पाउँछौं कसरी”

प्रकाशित:

मलाई प्रतियोगिताले जित्न खोज्छौं भने म देवी सीता होइन, अब भन तिमी मलाई जित्छौं कसरी?

तिमीलाई आफ्नो बनाउने म मा जिद छैन, किनकि म देवी पार्वती होइन, अब भन मलाई आफ्नो बनाउँछौं कसरी?

मलाई त प्रेम गर्न आउँछ राधा जसरी तर प्रेममा डुब्न तिमीले चाहेनौ, अब भन तिमी संग माया लाउनु कसरी?

तिम्रा सबै कोसिसहरू असफल भए घरी यसरी त घरी त्यसरी अब भन तिमी मलाई पाउँछौं कसरी?

ताजा समाचार

सम्बन्धित समाचार