सिकलसेल एनिमिया रोग स्क्रिनिङ्ग तथा निदान शिविर शुरु

प्रकाशित:

अत्तरिया कैलालीको गोदावरीमा सिकलसेल एनिमिया रोग स्क्रिनिङ्ग तथा निदान सम्बन्धी निशुल्क शिविर शुरु भएको छ । नगरपालिकाको वडा नम्बर ५ वरबट्टामा आज देखी शुरु भएको शिविर ५ दिन सम्म सञ्चालन हुने भएको हो । गोदावरी नगरपालिकाको आयोजनामा शुरु भएको शिविरमा नेश्नल प्याथ ल्यावले प्राविधिक सहयोग गरेको छ ।

शिविरको मंगलबार एक कार्यक्रमका विच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले सिकलसेल एनिमिया रोग थारु जातीमा हुने भएकाले यस्को चेकजाँच गर्नका लागि वडामा शिवर सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले थारु समुदाय भएको वडा नम्बर ३ को मुक्तिमा पनि शिविर सञ्चालन गरिने बताए । सिकलसेल एनिमिया रोग विशेष गरी थारु समुदायका व्यक्तिहरुलाइ लाग्ने गरेको पाइन्छ ।

यो रोग कैलाली, कंचनपुर, बाके, बर्दिया, दाङ लगायतका पश्चिम जिल्लाहरुमा देखिने गरेका छन । सिकलसेल रोग रगतमा हुने राता रक्त कोषहरू गोलाकार नभई हसिया आकारका रहेको हुन्छ,जसले गर्दा सिकलसेल हुने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । सिकल्सेल रोगमा श्वास प्रश्वासमा समस्या, रक्त अल्पता, जन्डिस, कलेजोको समस्या, हातखुट्टा दुख्ने, रगतको कमि हुने जस्ता लक्षण देखिन्छन । त्यसैले यस्ता चिन्ह लक्षण भएका व्यक्तिहरुलाइ सिकलसेल तथा थालासेमिया हुन सक्ने अवस्थीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार