सुदूरको पाँच लाख हेक्टरमा खाद्यबाली उत्पादन

प्रकाशित:

महेन्द्रनगर सुदूरपश्चिममा झण्डै पाँच लाख हेक्टरमा खाद्यबाली उत्पादन उत्पादन भएको तथ्यांक छ। गत आर्थिक वर्ष २०७९र८० मा चार लाख ८२ हजार ६९१ हेक्टरमा खाद्य तथा अन्य बाली उत्पादन भएको तथ्यांकले देखाएको हो।

कृषि विकास निर्देशनालय तथा जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी कैलालीमा एक लाख ३५ हजार ८८० हेक्टरमा खाद्य तथा अन्य बाली उत्पादन भएको छ भने सबैभन्दा कम दार्चुलामा २१ हजार तीन सय ६४ हेक्टरमा खाद्यबाली उत्पादन भएको छ।

कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी एक लाख चार हजार ७ सय ७७ हेक्टरमा खाद्यबाली उत्पादन भएको निर्देशनालयको तथ्यांकले देखाएको छ। डडेल्धुरामा २२ हजार ८६७, बैतडीमा ४२ हजार ७ सय एक, बझाङमा ३७ हजार ५५, बाजुरामा ३१ हजार ६६०, डोटीमा ४१ हजार ७ सय तथा अछाममा ४४ हजार ६८७ गरेर गत वर्ष कुल चार लाख ८२ हजार ६ सय ९१ हेक्टर क्षेत्रफलमा खाद्य तथा अन्य बाली उत्पादन भएको हो।

सो अवधिमा सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी २४ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा तरकारी तथा बागबानी उत्पादन भएको छ। त्यस्तै ३८ हजार ७८ हेक्टर क्षेत्रफलमा फलफुल तथा मसला उत्पादन भएको छ। आर्थिक वर्ष २०७९र८० मा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी २८ दशमलव १५ प्रतिशत रहेको छ भने दार्चुला जिल्लाको सबैभन्दा कम ४ दशमलव ३ प्रतिशत रहेको छ।

फलफूल तथा मसलाजन्य बालीले ढाकेको क्षेत्रफलमा पनि कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी २८ दशमलव २४ प्रतिशत र अछाम जिल्लाको हिस्सा सबैभन्दा कम २ दशमलव २२ प्रतिशत रहेको छ। गत वर्ष प्रमुख कृषि बाली ९खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला० को उत्पादन १४ दशमलव ७४ प्रतिशतले बढेको छ। गत वर्ष समग्र कृषि बालीको उत्पादनमा ९ दशमलव ७५ प्रतिशतले ह्रास आएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार