कञ्चनपुरमा एपीएफ स्कुल झलारी सञ्चालन गर्न सहमति

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) स्कुल खोल्न सहमति दिइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन गर्न गृह मन्त्रालयले सहमति दिएको हो ।

परराष्ट्रमन्त्री तथा कञ्चनपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एनपी साउदको अथक प्रयास र स्थानीय तह शुक्लाफाँटा नगरपालिकाको सहयोगमा झलारी (शैलेश्वरी गण नजिक) मा एपीएफ स्कुल निर्माणका लागि गृह मन्त्रालयले सहमति प्रदान गरेको हो ।

यहि माघ १२ गते गृहमन्त्रीस्तरको बैठकबाट उक्त गणले प्रयोग गरिरहेको भन्दा बाहेकको जग्गामा विद्यमान शिक्षा ऐन र शिक्षा नियमावली लगायत प्रचलित कानुनहरुको अधिनमा रहेर स्कुल सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो ।
स्कुल सञ्चालनका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले पुस २५ गते अनुमति माग्दै गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।

उक्त स्कुलमा सशस्त्र प्रहरीका ६० प्रतिशत बालबालिका र ४० प्रतिशत आम सर्वसधारण जनताका बालबालिका अध्ययन गर्ने छन् । नेपाल एपीएफ स्कुल झलारी खुल्नु भनेकै कञ्चनपुर–क्षेत्र नं. २ सँगै आसपासका जनताका लागि खुशीको कुरा भएको परराष्ट्रमन्त्री साउदका प्रमुख स्वकीय सचिव दिप जोशीले बताए ।

May be an image of ticket stub and text

 

ताजा समाचार

सम्बन्धित समाचार