बेलौरी नगरपालिकाले थप २ दिन विद्यालय विदा दिने

प्रकाशित:

महेन्द्रनगर । आज आइतवार फेरि चिसो बढेपछि बेलौरी नगरपालिकाले थप २ दिन विद्यालय विदा दिने निर्णय गरेको छ । आज बसेको नगर प्रमुख स्तरीय बैठकले माघ ८ गते देखि १० गतेसम्मका लागी विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

मौसममा सुधार नभई चिसो बढ्दै गएकाले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा मंगलबारसम्म पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा गर्न निर्देशन दिइएको बेलौरी नगरपालिकाकाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार