-महेन्द्रनगर । कैलालीको गोदावरीमा जिपलाइन सञ्चालनमा ल्याइएको छ ।

कैलालीको गोदावरीमा सुदूर पश्चिममा कणाली पछिको दास्रो जिपलाइनको आज उद्घाटन गरिएको छ ।

सुदूर पश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले उक्त जिपलाइनको उद्घाटन गरेका छन् ।

कैलालीका तीन जना युवाहरुको समुहले झण्डै २ करोडको लगानीमा उक्त जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।