परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्री बीच भेटवार्ता

प्रकाशित:

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ।

नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक सुरू हुनुअघि परराष्ट्रमन्त्री साउद र साब्रीबीच भेटवार्ता हो । काठमाडौंमा भएको भेटमा कोलम्बो-लुम्बिनीबीच सीधा हवाई सम्पर्कको सम्भावनाबारे कुराकानी भएको बताईएको छ ।

उनीहरूबीच काठमाडौं(कोलम्बोको हवाई सम्पर्कको सुरूआत उत्साहजनक र लुम्बिनीलाई पनि कोलम्बोसँग जोड्न सकिने विषयमा कुराकानी भएको हो। भेटमा परराष्ट्रमन्त्री साउदले श्रीलंकामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे कुरा उठाएका थिए।

यस्तै, जलवायु परिवर्तनका कारण आ-आफ्नो मुलुकले भोग्नुपरेको समस्याका बारेमा पनि यी दुई मन्त्रीबीच कुराकानी भएको थियो। यसैबीच नेपाल(श्रीलंका संयुक्त आयोगको बैठक अहिले बसिरहेको छ।

काठमाडौंमा सुरू भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउदसहित परराष्ट्र सचिव सेवा लम्साल र सरकारका उच्च प्रतिनिधिहरूको सहभागिता छ भने श्रीलंकाका तर्फबाट पनि परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू बैठकमा सहभागी भएका छन्।

दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, संस्कृति, पर्यटन र शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्नेलगायत विषयमा छलफल हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार