महेन्द्रनगर । रोजगारीको सीलसीलामा बेङ्गलोरमा रहेका एकै परिवारका पाचँ जना नेपाली आगलागिमा परेर गम्भीर घाईते भएका छन् । खाना पकाउने ग्यास लिक हुदा एउटै कोठामा सुतिरहेको एकै परिवारका पाँच जना नेपाली गम्भीर घाईते भएको अखिल भारत नेपाली एकता समाजकाका केन्द्रीय उपाध्यक्ष तथा बेङ्गलोर दक्षिण नगर समितिका अध्यक्ष किसन बहादुर विकले बताएका छन् ।

घाईते हुनेमा वर्ष तिन का रोहन तिरुवा,वर्ष १५ कि रोशनि तिरुवा,वर्ष २८ का सन्देश तिरुवा वर्ष २६ कि निकला तिरुवा,रोहन तिरुवा गम्भीर घाईते भएका छन् । घाईते हरुको बेङ्गलोरको विक्टोरीया अस्पतालका उपचार भईरहेको अखिल नेपाल भारत समितिले जनाएको छ । घाईतहरुको आर्थीक अवस्था कमजोर भएकोले उपचारको लागि सक्दो सहयोग गरिदिन समपुर्ण नेपालीलाई समेत समितिले आग्रह गरेको छ ।

आगोले जलेर गम्भीर घाईते भएका तिरुवा परिवारको घर कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर एक हिरापुर घर भएको बताइएको छ । बेङ्गलोरको दक्षिण नगर बस्ने एकै परिवारका पाँच जना खाना पकाउने ग्याँस लिक भएर आगलागि हुदा गम्भीर घाईते भएका हुन ।



