-धनगढी । कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सीमा नाका गौरीफन्टामा आज ७० जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

परीक्षण गरिएका अन्य ६८ जनाको रिपोट भने नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा कोरोना परीक्षण गरिएको छैन् ।
