अछाममा घाइते गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

प्रकाशित:

-अछाम । अछाममा घाइते अवस्थामा फेला परेकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

अछामको ढकारी गाउँपालिका–७ ढुंगाचाल्नाकी ३५ वर्षीया कल्धरी बुढाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गरिएको हो ।

घाँस काट्न भनेर सोमवार घरबाट निस्किेकी बुढा घरभन्दा करिब एक किलोमिटर टाढाको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

उनलाई खोजी गर्ने क्रममा घाइते अवस्थामा मंगलबार (हिजो) बिहान आफन्तले फेला पारेका थिए ।

घाइते बुढाको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष रामबहादुर बुढाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार