बाजुरामा टेक्टर दुर्घटनाः घटनास्थलमै गयो ४ जनाको ज्यान

प्रकाशित:

महेन्द्रनगर । बाजुरामा टेक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–२ खडीगाडमा टेक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु हो ।

आज साँझ ५ बजेतिर सुदुरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको टेक्टरले लु ४ त ७३०५ नम्बरको टेक्टर ओभर टेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुँनेमा बडीमालिका–२ का ३८ वर्षीय देवराज जैशी, ३३ वर्षीया करिष्मा रोकाया, बडीमालिका–१ का ३५ वर्षीय चन्द्र धामि र गौमुल गाउँपालिका–६ का ३० वर्षीय चालक हिक्मत रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को टेक्टरमा सवार रहेका चार जना फरार रहेका छन् । घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार