एनसेल प्रकरणमा मिलेमतोमा अर्बौँ रुपैयाँको भ्रष्टाचार : शेखर कोइराला

प्रकाशित:

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरू डुबेका कारण विभिन्न प्रकरणहरू सार्वजनिक भइरहेको बताएका छन् ।

शनिबार विराटनगरमा दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला भ्रष्टाचार हुनै नसक्ने बताए । उनले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको उल्लेख गरे ।

एनसेल प्रकरणमा राजनीतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अर्बौँ रुपैयाँको भ्रष्टाचार भएको आरोप उनले लगाए ।

नेता कोइरालाले राजनीतिक दलका नेता र नेतृत्वका कारण व्यवस्थाप्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएकामा जोड दिए । हिमालयन टेली भ्वाइस

 

ताजा समाचार

सम्बन्धित समाचार