महेन्द्रनगर । कञ्चनपुरको भिमदत्तमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १५ गोबरिया स्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालक दिपेन्द्र भण्डारीको मृत्यु भएको हो ।
म २ प ३१६९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिन गई बिहीबार राती दुर्घटना हुँदा भमदत्त १६ मझगाँउ बस्ने २३ वर्षिय भण्डारीको मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्याउदा डाक्टरले चेक जाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
उक्त दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।