महेन्द्रनगर । कञ्चनपुरमा वित्तीय साक्षरता, उद्यमशीलता तथा महिला सशक्तिकरण सम्बन्धी २ दिने तालिम सुरु भएको छ् ।

होटेल ओपेरामा २४ र २५ गते महिलाहरूको लागि सक्षम नारी नेपालको चिनारी संस्थाले आयोजना गरेको दुईदिने तालिम कार्यक्रम भीमदत्त नगरपालिका र महिला उद्यमी महासंघको सहकार्यमा उक्त नगरपालिका भरिका महिलाहरूलाई उद्यम तिर प्रोत्साहित गर्नका निमित्त उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा महिला उद्यमशील महासंघका पूर्व अध्यक्ष निरु राइमाझी लगायत भीमदत्त नगरपालिकाको समाजिक विकास कार्यालयका प्रमुख गौमती अवस्थी, महिला विकास शाखाका अधिकृत कुन्ती लेखक जोशी तथा महिला उद्यमी मीना फुलारा र मञ्जु केसी लगायत उक्त नगरपालिकाका विभिन्न वडाका उद्यमी महिलाहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा सहभागी भएका महासंघका पुर्व अध्यक्ष राइमाझीले सक्षम उद्यमी महिला हुनको लागि सबैभन्दा पहिले आर्थिक सशक्तीकरण एकदमै महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्, “महिला मैत्रीको विकास भएको छैन, क्षमता अभिवृद्धि देखि लिएर सिप विकास, बजार व्यवस्थापनको कमि कमजोरीका कारणले गर्दा अहिले उद्यमी महिलाहरू पछि पर्दै गइरहेको छन् । आफ्नो जीवनयापनका लागि आर्थिक स्रोतको निकै आवश्यक पर्नेगर्छ भने, घरयासी हिंसा, जनचेतनाको लागि आवाज उठाउनु पर्ने र यसलाई न्यूनीकरण गर्न निकै आवश्यक रहेको उनले बताइन् ।”
त्यसैगरी महिला विकास शाखाका अधिकृत लेखक जोशीले पछाडि परेको महिलाहरूलाई सक्षम नारी नेपालको चिनारी संस्थाले सहयोग गर्ने आइरहेको बताइन् । उनले भनिन्, “उक्त संस्थाले २०३८/३९ सालदेखि काम गर्दै आइरहेको छ्, समाजका विकृतिहरूलाई अन्त्य गर्दै महिलाहरूले पनि पुरुष सरह बाँच्न पाउने अधिकार हुनुपर्छ । महिला सशक्तिकरणको पहिलो पाटो नै आर्थिक सशक्तीकरण रहेको उनले बताइन् ।”
त्यसैगरी सामाजिक विकास कार्यालयका प्रमुख अवस्थीले महिलाहरूले शिक्षित हुनु अत्यन्तै आवश्यक रहेको बताइन् । उनले भनिन्, “उद्यमी महिला बन्नको लागि भित्रैबाट उजागर हुनु आवश्यक छ्, आफुले मेहेनत गरेर काम गर्नुपर्छ र कुनै काम पनि बिचमै छोड्नु हुँदैन, पशुपालन देखि लिएर सिलाई कटाई, कृषि लगायतका पेशाहरूमा समेत महिलाले सफल उद्यमी भएर देखाउनु पर्ने उनले बताइन् ।”


