सातौं साउथ एसियन कराते प्रतियोगितामा कञ्चनपुरका सेजुवाललाई स्वर्ण पदक, नेपाल सरकारले ६ लाख पुरस्कार दिने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बैजनाथ माद्यमिक विद्यालय महेन्द्रगरमा अध्यनरत एक छात्रले सातौं साउथ एसियन कराते प्रतियोगिताको उपाधि जितेका छन् ।

मंसिर १६ र १७ गते काठमाडौंमा सम्पन्न भएको सातौं साउथ एसियन कराते प्रतियोगितामा ५० किलो तौल समुहमा प्रथम स्थान हासिल गरि बैजनाथ मावि महेन्द्रनगरमा कक्षा १० मा अध्यनरत आकाश सेजुवालले स्वर्ण पदक प्राप्त गरेका छन् ।

दक्षिण एसियाका ६ ओटा देशहरुको सहभागितामा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा सेजुवालले स्वर्णपदक प्राप्त गरेका हुन् ।

सातौं साउथ एसियन कराते प्रतियोगितामा स्वर्ण विजेता भीमदत्त–१ का सेजुवाललाई नेपाल सरकारले ६ लाख पुरस्कार दिने घोषणा समेत गरेको छ ।

दक्षिण एसियाका ६ देशको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा प्रथम भएर कञ्चनपुरको बैजनाथ माविका विद्यार्थी सेजुवाल नेपालकै गौरव बनेका छन् ।

त्यस्तै उक्त प्रतियोगितामा कञ्चनपुरको भीनपा–६ की छात्रा सोनु तिरुवाले रजत पदक जित्न सफल भएकी छिन् ।

ताजा समाचार

सम्बन्धित समाचार